काठमाडौं – अस्ट्रेलियामा नेपाली युवतीमाथि खुकुरी प्रहार भएको छ।
क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत धरान नेपालकी २० वर्षीया युवतीमाथि खुकुरी प्रहार भएको हो।
भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको बताइएको छ। छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो। यद्यपी अहिले उनको अवस्था खतरामुक्त छ ।
बसबाट झरेर घरसम्म पुग्ने समयमा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेको युवतीले प्रहरीसामू बयान दिएकी छिन् । उनी मानसिक रुपमा निकै विक्षिप्त भएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया