प्रधानमन्त्रीको नामको वेबसाइटमा कसले अपलोड गर्यो अश्लील तस्वीर र भिडियो ?

काठमाडौं– केपी शर्मा ओली नामको वेवसाईटमा अश्लिल भिडियो र तस्वीरहरु आएपछि सामाजिक सञ्जालमा निकै खैलाबैला मच्चिएको छ । kpsharmaoli.com वेबसाईटमा पोर्न भिडियो अपलोड भएको छ । यो आधिकारीक पेज ह्याक भएको बताइएको छ । मूलुकमा बलात्कारका घटना बढ्यो भन्दै नेपालमा पोर्न साईट ब्यान्ड छ । तर प्रधानमन्त्री ओलीको व्यक्तिगत साइट मा जाने जो कोही लज्जित हुनपुग्छ ।

यो साइटमा kpsharmaoli.com  प्रधानमन्त्री ओलीबारेका जानकारी भन्दा पनि अश्लील भिडियोहरु देखा पर्छन् । अहिले सो वेवसाइट सरकारले बन्द गराएको भएपनि भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ । भीपीएन प्रयोग नगरी खोल्दा भने संचार तथा सूचना प्रविधि मन्त्रालय, तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशन बमोजिम वेबसाईट बन्द गरिएको उल्लेख गरिएको छ । व्यक्तिगत वेवसाइट नवीकरण नगरेका ओलीको अहिले अर्कै वेवसाइट सञ्चालनमा छ

तर उक्त पोर्न भिडियो कहाँबाट अपलोड भयो भन्नेबारे केहि थाहा भएको छैन । यद्यपी http://kpsharmaoli.com.np/ भने चलेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?