इराकस्थित अमेरिकी बेस क्याम्पमा रकेट आक्रमण

काठमाडौं । इराकस्थित अमेरिकी बेस क्याम्पमा रकेट आक्रमण भएको छ ।

इराकको ग्रामिण क्षेत्र किर्कुकमा रहेको अमेरिकी ‘के १ बेस क्याम्प’मा रकेट आक्रमण भएको अधिकारीहरुले बताएका छन् । आक्रमणबाट मानवीय क्षति भएको वा नभएको भन्ने बारे कुनै विवरण बाहिर आएको छैन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्थानीय समय अनुसार बिहीबार पौने ९ बजे आक्रमण भएको थियो । तत्कालै अमेरिकाले हवाइ सर्च अभियान सुरु गरेको थियो ।

उक्त क्षेत्रमा गत डिसेम्बर २७ पछि पहिलो पटक रकेट आक्रमण भएको हो । त्यसबेला अमेरिकाले हिजबुल्लाह समूहलाई घटनाको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?