ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाईनुको कारण देखाउ आदेश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाइनुको कारण १५  दिन भित्र कारण पेश गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिन भित्र लिखित जवाफ पेश गर्न अख्तियार दुरुपायोग अनुसन्धान आयोगलाई आदेश जारी गरेको छ ।

आयोगले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा हालेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने मन्त्रिपरिषदका सबै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रतिवादी बनाउनका लागि आदेश जारी गर्न मागदावी गरेका थिए ।

अख्तियारलेभने मन्त्रिपरिषदको निर्णय नीतिगत भएकाले तत्कालिन प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै मुद्दा चलाएको थिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?