सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा सात जना मारिए

काठमाडौं । इजरायली क्षेत्रबाट त्यहाँका सेनाले गरेको एक क्षेप्यास्त्र आक्रमणमा परी दमासकसनजिकै तीन सिरियाली र चार इरानी लडाकू मारिएका सिरियाली युद्धलाई अनुगमन गरिरहेको एक मानव अधिकारी समूहले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले दमासकस एयरपोर्ट क्षेत्रमा भएको सो आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिक र इरानको क्रान्तिकारी गार्डका चार सदस्यको मृत्यु भएको जनाइएको छ ।

सिरियामा सन् २०११ को मार्चमहिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही महिनापछि गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धको क्रममा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो ।

सो सयमदेखि हालमा यस युद्धमा परी करिब चार लाख व्यक्तिको मृत्यु भएको छ भने लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन् । लाखौ व्यक्ति आफ्नो देश र विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

देश कमजोर भएको यस अवस्थामा छिमेकमा पर्ने देशहरु टर्की र इजरायलगायतले बारम्बार आक्रमण गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?