प्याज सस्तियो, लसुन ठप्प

काठमाडौँ । केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको छ । त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपियाँसम्म पुगेको थियो । भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महँगो भएको प्याज अहिले भारतमा उत्पादन बढेर विगतभन्दा सहज रूपमा आउन थालेपछि मूल्य सस्तिएको व्यापारी बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बजारमा अहिले औसतमा दैनिक ६०÷६५ टन प्याज भित्रिएको छ । उपत्यकाको बजारमा दैनिक १२० टन प्याज माग छ । सो समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा प्याजको आयात बढेसँगै क्रमशः भाउ सस्तो भएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?