क्यासिनो बादशाह परे ‘सेक्स स्क्यान्डल’ मा

वासिंगटन, १४ पुस । अमेरिकाको लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विन सेक्स स्क्यान्डलमा फसेपछि रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनले राजीनामा दिएका हुन् अर्बपति क्यासिनो मालिक तथा राष्ट्रपति ट्रम्पका मित्र स्टिभ विनलाई दर्जनौं महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लागेको छ वाल स्ट्रिट जर्नलमा यस बारेमा समाचारअनुसार यो विवाद सल्टाउन उनले लाखौं डलर खर्च गरेपनि सम्भव भएको थिएन स्टिभ विनको लास भेगस र मकाउमा क्यासिनोहरू रहेका छन् र उनको सम्पत्ति अर्बौ डलरमा रहेको बताइन्छ । वाल स्ट्रिट जर्नलमा छापिएको एउटा लेखमा दर्जनौं पूर्व र बहलवाला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएपछि उनले राजीनामा दिने निर्णय लिएका हुन् उक्त लेखमा विनले महिला कर्मचारीलाई यौन गतिविधिमा संलग्न गराएको र महिलालाई काम गर्न असुरक्षित वातावरण बनाएको आरोप लगाइएको छ हात र नङको सुन्दरता सम्बन्धी काम गर्ने एक पूर्व कर्मचारीलाई उनले ७५ लाख डलर तिरेर एउटा यौन दुर्व्यवहार सम्बन्धी विवाद टुङ्गो लगाएको पनि दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?