गोली हानेर डल्फिनको बिभत्स हत्या, हत्या गर्नेको जानकारी दिनेलाई २२ लाख

काठमाडौं । डल्फिन माछाको नाम त हामीले सुनेका नै छौँ । यसको नाम सुन्ने बित्तिकै हामी धेरै खुसी पनि हुन्छौँ । किनभने डल्फिन माछा मानिससँग धेरै नजिक हुन्छ । तर मानिसहरु नै अहिले आएर डल्फिनको दुश्मन बनेका छन् ।

सोशल मिडियामा भाइरल भईरहेको एउटा भिडियोमा डल्फिनलाई गोली लागेर मरेको देखिएको छ । यो घटना मेक्सिकोको खाडीमा देखिएको थियो ।

डल्फिन मानिस पछिको दोश्रो बुद्धिजीवि प्राणी हो । मेक्सिकोमा डल्फिनको प्रजातीमाथि गोली हानेर मारिएको छ । यस्तो जघन्य अपराधले भने मानिसहरुको मन नै हल्लाइदिन्छ ।

‘नेशनल ओशन एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन’ले यस्तो जघन्य अपराध गर्ने मानिसको बारेमा जानकारी दिनेलाई २० हजार डलर दिने घोषणा गरेको छ ।

‘पामबीच पोस्ट’का अनुसार ‘फ्लोरिडा फिश र वाइल्डलाइफ कन्जर्भेसन कमीशन’ले डल्फिनको शवलाई नेपल्सभन्दा टाढा मेक्सिकोेको खाडीमा भेट्टाएको थियो ।

गोली डल्फिनको दायाँ आँखा भन्दा ठीक तल्लोपट्टि लागेको थियो । त्यसका कारण धेरै ठूलो घाउ भएको थियो । त्यसैले डल्फिन मरेको सञ्चारमाध्यामले बताएका छन् ।

मृत भेटिएको बाटलनोज डल्फिन रहेको सञ्चारमाध्यामको भनाइ छ । यस प्रजातीको डल्फिनको लाश यो भन्दा अगाडि पनि भेटिएको थियो । उक्त डल्फिन फ्लोरिडाको दक्षिण पश्चिम तटमा फेला परेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?