भिस्ताराले शुरु गर्याे काठमाडौंको उडान

काठमाडौं । भारतीय विमान सेवा कम्पनी भिस्तारा एयरले काठमाडौं–दिल्ली उडान थालेको छ । भारतको सेवा वाहक तथा टाटा समूह तथा सिंगापुर एयरलाइन्सको संयुक्त उद्यमले दिल्लीबाट काठमाडौं निरन्तर उडान गर्ने भएको हो । त्यस्तै भिस्ताराको उद्घाटन उडानबाट आएका यात्रुहरुलाई काठमाडौंमा भव्यताका साथ स्वागत गरिएको जनाइएको छ ।

भिस्तारका प्रमुख व्यापारिक अधिकृत बिनोद कन्ननले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने , ”नेपालमा हामीले हाम्रो सेवा उद्घाटन गरेकोमा अत्यन्तै हर्षित छौ । नेपाल जाने र नेपालबाट आउने यात्रुहरुले विश्व स्तरीय सेवा र अनुपम सेवा प्रदान गर्न तर्फ बचनबद्दता व्यक्त गरेको भारतको एक मात्र पाँच तारे हवाई सेवाको अनुभव गर्न सक्नेछन् । “

साथै उक्त कार्यक्रममा बोल्दै उनले तीन श्रेणी व्यवस्थापन सहितको हवाईजहाज तुरुन्त सेवामा प्रयोग गरिने तथा भारत र नेपालबीचको यात्रा गर्ने यात्रुहरुको ागि प्रेमियम इकोनोमि वर्ग मात्र प्रस्ताव गरिने धारणा पनि व्यक्त गरेका छन् ।

विस्ताराको सहज उडानले बेन्गालुरु, चेन्नाई, हैदरावाद, मुम्बई तथा पुनेसहित भारतका अन्य सहरबाट जान तथा आउनको लागि सहजता प्रदान हुनेछ । उक्त हवाई सेवाले सन् २०१९ को अगस्ट महिनामा सिंगापुर उडान भरि आफ्नो अन्तराष्ट्र्रिय उडानको उद्घाटन गरि त्यसपश्चात दुबई, बैंकक तथा कोलोम्बोमा समेत सेवा विस्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?