काठमाडौं । विपरीत दिशाबाट आएको बसको ठक्करबाट नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मीला सिलवालको मृत्यु भएको छ ।
बुधबार बेलुका काठमाडौंबाट चितवन जाँदै गरेका उनीहरु धादिङमा दुर्घटनामा परेका थिए । बा ९७ प ७०५८ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा महिमाको घटनास्थलमा नै र उनकी बहिनीको उपचारका क्रममा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
मिसन २४, दानव, जिग्लोलगायतका फिल्म खेलिसकेकी महिमाले विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी थिईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया