प्रदेश सरकारहरूका लागि बहुप्रतीक्षित प्रदेश प्रहरी गठनको बाटो खुलेको कान्तिपुर दैनिकमा खबर छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रहरीको कार्यसञ्चालन तथा समायोजनसँग सम्बन्धित दुई अलग–अलग विधेयक मंगलबार प्रमाणीकरण गरेकी छन् ।
अब प्रदेशको आफ्नै प्रहरी संरचना बन्नेछ । संघीय संसद्का दुवै सभाबाट गत असोजमै पारित भइसके पनि सभामुख नभएका कारण ती विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थिएन ।
विधेयक उत्पत्ति भएको सदनका सभामुख वा अध्यक्षले पारित भएको विधेयकलाई प्रमाणित गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया