संसारकै सबैभन्दा बुढो गोरिल्लाको मृत्यु

क्यालिफोर्निया, १४ पुस । संसारकै सबैभन्दा बढी उमेरको विला मादा गोरिल्लाको मृत्यु भएको छ । यसको जन्म १९५७ मा कंगोमा भएको थियो र हाल ६० वर्षको थियो क्यालिफोर्नियाको सेन डियागो जु सफारी पार्कमा शुक्रबार विलाको मृत्यु भएको हो । यो मादाले आफ्नो ५ पीढि देखेको थियो । मृत्युको समयमा पनि उसका परिवारका सबै सदस्यहरु एकत्रित भएका थिए सफारी पार्कमा जनावरको रेखदेख गर्ने पेगी सेक्सटन भन्छन्, ‘धेरै कम मात्रै गोरिल्ला यति लामो उमेरसम्म जिउँदो रहन्छन् । आम रुपमा गोरिल्लाको ३५ देखि ४० वर्षसम्म मात्रै बाँच्ने गरेको छ ।’सफारी पार्कमा स्तनधारी जनावरको रेखदेख गर्ने ¥यान्डी रिचेज भन्छन्, ‘विलाको कमी चिडियाखानाका सदस्य, आगन्तुक, स्वयंसेवी र कर्मचारी सबैलाई बहसुस हुनेछ ।’अर्कान्ससको लिटिल रक जुमा ६१ वर्षकी ट्रुडीले वृद्ध गोरिल्लाको हेरचाह गर्दै आएकी थिइन् । विलाको जस्तै गत वर्ष एक कोलो नामको मादा गोरिल्लाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?