मृत्युदण्डको सजाय सुनाएपछि भारतमा किन कलमको निभ भाँच्छन् न्यायाधीश !

काठमाडौं । न्यायाधीशहरूले मृत्युदण्डको सजाय सुनाइसकेपछि किन कलमको निभ भाँच्छन् ? यो बारेमा सायदैलाई मात्र थाहा होला ।

भारतीय न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ । न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू छन् ।

कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृत्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरुको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृत्युदण्डको सजाय सुनाइसकेपछि त्यो कलमको निभ भाँच्ने गर्दछन् ।

कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ ।

मृत्युदण्डको फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ ।

न्यायाधीशहरूसँग मृत्युदण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय मिडीयाहरूको तर्क रहेको छ ।

मृत्युदण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?