फागुन १२ मा ट्रम्प भारत आउँदै

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको पत्नी मेलानिया भारत यात्रामा आउँदैछन् । भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५(फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुनेछन् ।

भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् । भ्रमणको दौरान दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउनेछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?