काठमाडौं – रगतमा लत्पतिएको अवस्थामा आफ्नै निवासमा भेटिएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीलाई हिजो नै अस्पतालले मृत घोषित गर्यो । रगतको आहालमा डुबेकी उनको शरीरमा तातो भेटिएको भन्दै तन्नामा बेरेर स्टार अस्पताल लगिएको थियो । त्यतिमात्रै होईन घटना तब झनै रहस्यमय बन्यो उनकै घरमा काम गर्ने वर्ष २२ का विजय चौधरी झुण्डिएको अवस्थामा फेला परे । यो विभत्स दृश्यले सिंगो देशको ध्यान खिचेको छ । घटनास्थलबाट संकलन गरिएका विभिन्न प्रमाणहरुका आधारमा प्रहरीले मिहिन ढंगले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले पाएको त्यो सिसिटिभी फूटेज…
घटनास्थलबाट १५/ १६ टुक्रा भएको प्लाष्टिकको पिर्का, नयाँ देखिने नाईलनको डोरी, त्यहाँ भेटिएका सम्पूर्ण समाग्री प्रहरी अनुसन्धान टोलीले संकल गर्छ । प्रहरीको लागि अनुसन्धानमा सबैभन्दा सहयोगी बन्छ सिसिटिभी । हो, केहि समय अगाडी घरमा चोरी भएका कारण छिमेकीको सुझाव शिरोपर गर्दै पूर्वसचिव कार्कीले घरमा सिसिटिभी जोडेका रहेछन् । सीसीटीभीमा रेकर्ड भएको भिडियो नियाल्दै जाँदा प्रहरीले फेला पार्छ महत्वपूर्ण क्ल्प्सि । अर्थात् बिहान १० बजेर ८ बजेको समयमा क्याप्चर भएको दृश्य ।
सानैदेखि घरमा पालेका २२ वर्षिय विजय चौधरी यताउता गरिरहेका देखिन्छन् । पूर्वसभिव कार्कीकी श्रीमती मुना कार्की भान्छामा हुन्छिन् । अचानक विजयले प्लाष्टिकको पिर्का उनको टाउकोमा बजार्छन् । निरन्तर साङ्घातिक आक्रमण उत्रन्छन् चौधरी । मुनालाई भान्छाबाट घिसार्दै भुत्लाउँदै भुईमा टाउको समेत ठोक्काईदिन्छन् । पूर्वसचिव पत्नि कार्की पछाडी फर्किएको बेला ति चौधरीले डोरीले घाँटीमा कसेको दृश्य निकै दर्दनाक र अपत्यारीलो छ । उनले भुईमा पछारिएकी मुनालाई पिर्का प्रहार गर्छन् । कपालमा भुताल्दै भुइँमाबजार्ने क्रम जारी राख्छन् । अचानक कामदार आइलागेको देखेपछि मुना कार्की रुन चिच्याउन थाल्छिन् । तर उनको जोडबल चल्दैन । चौधरीको प्रहारबाट आलसतालस हुन्छिन् उनी । शरीरबाट रगत बाहिरीन थाल्छ । घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का तयार पार्ने क्रममा समेत त्यो कुरा उल्लेख गरिएको थियो । सञ्चारमाध्यमलाई प्राप्त फोटोमा समेत उनी लडेको ठाउँमा रगतको आहल देखिन्छ । तर सिसिटिभीमा ति चौधरीले आफैँ आत्महत्या गरेको भने देखिएको छैन । फुटेजमा चौधरी निकै आक्रोशित भएर मारपिटमा उत्रिएको देखिन्छ । सानेपास्थित आफ्नै निवासमा सुखद जीवनयापन गरिरहेका पूर्वसचिव अर्जुन कार्कीले यस्तो घटना देख्नुपर्ला भनेर कल्पना सम्म पनि गरेका थिएनन् ।
घटनास्थल नजिकै निवास भएकी र नातामा ज्वाई पर्ने पूर्वसचिव कार्की परिवारबिचमा कहिल्यै त्यस्तो नराम्रो घटना नभएको बताउँछिन्, सांसद कोमल वली । उनको एक सञ्चारमाध्यमसँगको कुराकानीमा भनेकी छिन् म र दाजु बाहिरबाट घर आएका थियौँ। खाना खान मात्रै लागेका थियौँ । अचानक लौन नि यो के भयो म बर्बाद भएँ । म सकिँए । भन्दै डाँको छोडेर रोएको पुरुषको आवाज आएपछि म र दाजु छतमा आएर कसलाई के भयो भनेर प्रतिप्रश्न गर्यौँ । उहाँ रुवाबासी गरेको देखेर हामी दौडदैँ उहाँको घरमा आयौँ । उहाँ पशुपतिनाथको दर्शन गरेर फर्किनुभएकोले गलामा फूल र रुद्धाक्षको माला समेत थियो । आँगनमा लडिबुडि गरेको उहाँलाई देखेपछि हामी घटनास्थल प्रवेश गर्यौँ । भाँडाकुँडा यत्रतत्र छरिएका थिए । सामानहरु लथालिंग थिए । विभत्स दृश्य आँखैअगाडी थियो । घरमा काम गर्ने केटो नाईलनको जस्तो देखिने नयाँ डोरी माथि उ तल भुईमा लम्पसार थियो । मैले अतालिँदै आफ्नो घरबाट घटनास्थल आउँदा डिआईजीलाई फोन गरेर सबै कुरा भनेकी थिएँ । उहाँले तत्काल प्रहरी अधिकारीहरु घटनास्थल आईसक्ने जानकारी गराईसक्नुभएको थियो । आँगनमा ज्वाई पूर्वसचिव कार्की आलसतालस हालतमा हुनुहुन्थ्यो । पछि प्रहरी अधिकारीहरु आउनुभयो । प्रारम्भिक हेर्दा उहाँमाथि सांघातिक हमला गरेर आफूले पनि आत्महत्या गरेको जस्तो देखिन्छ । यद्यपी अनुसन्धानले सबै खुलाउँछ ।
कहाँ भएको थियो घटना ?
ललितपुर महानगरपालिका–२ स्थित सानेपा । पूर्वसचिव अर्जुन कार्कीको निवास यहिँ छ । साढे दुई तले घर छ,कार्कीको । उनकी छिमेकी हुन् राष्ट्रिय सभा सदस्य कोमल वली । प्रहरी बिट सानेपाबाट नजिकै पर्छ उनको घर । करिब ५०० मिटरभित्र । घरमा एउटा कुकुर छ । चारैतिर पर्खालले घेरेर बलियो गेट छ यो घरमा । घरभित्र छिर्ने गेट नजिकै रहेको पोलमा दुवैतर्फ सीसीक्यामेरा समेत जडान गरिएको छ । यहि घरको लिभिङ रुम र किचनको बिचमा यो विभत्स घटना भएको थियो ।
कहाँ थिए कार्की ?
पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न मन्दिर गए । अरु बेला खेलकुदमा सक्रिय हुने उनी आज पशुपतिनाथ मन्दिर गएका थिए । उनका दुई छोरी बाहिर देशमा छन् । पढाईको सिलसिलामा। १२ वर्षिय छोरा स्कुल गएका थिए । ति बालकलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिरै थिईन् । घर सफा गर्नका लागि राखिएकी उनी बिहान–बिहान कार्कीको घरमा पुग्थिन् । पूर्वसचिव कार्की चिया खाइसकेपछि बिहान प्रायः खेलकुदमा व्यस्त रहन्थे । कहिले ब्याडमिन्टन त कहिले गल्फ । तर, हुने हार दैव नटार भनेझैँ उनलाई पूजा गर्न मन लागेर चालकसँग गाडी निकाल्न अनुरोध गरे । ड्राइभरलाई लिएर उनी पशुपति मन्दिर गए । दर्शन गरे र फर्के । तर घर आएर निकै बेर गेटमा घण्टी दिए । गेट खुलेन । उनी आफैँ गएर गेट खोले । भित्र जान्छन्, घरमा काम गर्ने केटो झुण्डिएर भुईमा पसारो परेजस्तो छ । श्रीमतीलाई गुहार्छन् । श्रीमतीलाई पनि चलचुल छैन । यो देखेर उनको होसहवास उड्छ । उनी आक्रान्त बन्छन् । चिच्चाउँदै बाहिर आउँछन् उनको यो हालत देखेर छिमेकी आत्तिदै आउँदा यो कुरा थाहा पाउँछन् । प्रहरीलाई खबर पुग्छ । प्रहरी घटनास्थल पुग्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट टेक्निकल टिम घटनास्थल पुगेर सुक्ष्म अनुसन्धान सुरु गर्छन् ।
समय कुन थियो ?
गाडीमा बिहान ७ बजे घरबाट निस्केका अर्जुन कार्की करिब ८ बजेतिर मन्दिर पुगेका थिए । २ घण्टा लामो लाइन बसेर उनले मन्दिरमा पूजा गरे । पूजाआजा सकेर घर फर्किँदा करिब साढे १० बजेको थियो । उनि घर आइपुगेको समयमा यी घटना भइसकेका हुन्छन् ।
चौधरीको फेरिएको व्यवहार…
केहि दिनदेखि चौधरी केहि सोचेजस्तै देखिन्थे । घोत्लिन्थे । तर उनलाई खासै नगरेको परिवार बताउँछ । सहयोगी चौधरीले सधैँ बिहान–बिहान कार्कीलाई मात्र चिया बनाएर दिन्थे । तर, सोमबार बिहान चौधरीले घर सफा गर्ने महिलादेखि कार्कीकी श्रीमती, छोरा र चालकलाई समेत चिया बनाएर खुवाएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान…
कार्कीकी श्रीमती मुना कार्की रगतले लतपतिएको अवस्थामा फेला परेकी महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । घटनास्थलमा ‘कार्कीको घरमा काम गर्ने चौधरी मृत अवस्थामा फेला परेका थिए ।’ ‘मुनाको टाउकोमा पिर्काले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको जनाएको प्रहरीले सिसिटिभी फूटेज हेरेर घटनाबारे अनुसन्धान गरेपछि चौधरीले नै घटना गराएको पत्तो लगाएको हो ।घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा मुनाको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै स्टार अस्पताल पठाएको थियो । तर, अस्पतालले पनि कार्कीलाई मृत घोषणा गर्यो ।
कार्कीकी श्रीमतीको हत्या गरेर सहयोगी विजय चौधरीले नाइलनको डोरीले कसेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर हत्यापछि आत्महत्या नै गर्नुपर्ने दुईबीच के रिसिइबी थियो भन्ने खुलिसकेको छैन ।त्यसैमाथि सिसिटिभी केलाईरहेको प्रहरीले चौधरीले आत्महत्या गरेको फुटेज भने फेला पारेको छैन ।
‘घटनास्थलमा प्लास्टिकको पिर्का पनि टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ । चौधरी झुण्डिएको डोरीसमेत चुँडिएको थियो । उनी मृत नै भेटिएका थिए । घटनाको सुक्ष्म अनुसन्धानको लागि अनुसन्धान अधिकारीहरूले पूर्वसचिव अर्जुनको घरमा रहेको सीसीटीभी क्यामराको फुटेज र घटनास्थलबाट संकलित सबै सामाग्रीको गहिरो अनुसन्धान गरिरहेको छ ।
श्रीमतीको विभत्स मृत्युको वियोगमा रहेका पूर्वसचिव कार्कीले भावविह्वल हुँदै आफ्नो १२ वर्षिय छोरा घरमा भएको भए छोरा पनि मर्ने रहेछ भन्दै मिडियासँग भक्कानिए ।
उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । शुरुमा छिमेकीले कार्कीको हत्या भएको जानकारी दिए पनि घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा कार्कीको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो । तर अस्पतालले मृत घोषित गरिदियो ।
पूर्व सचिव कार्की यसअघि भूकम्पपीडितका लागि खरिद गरिएको भनिएको त्रिपाल र जस्तापाता काण्डमा भ्रष्टाचार गरेको आरोपमा छानबिनमा परेका, , २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले भौतिक कारवाही समेत गरेको, सानेपामा उनीमाथि आक्रमण भएको तथा उनी सवार गाडीमा क्षति पुगेको थियो । प्रहरीले अधिकृतले हत्या योजनाबद्ध रुपमा थियो भन्ने अनुमान गरेका छन् ।
घटनास्थलबाट प्रहरीले भाँचिएको अवस्थामा प्लाष्टिकको पिर्कासमेत बरामद गरेको छ।
हत्याको कारण भने खुल्न सकेको छैन। सिसिटिभी फुटेजमा केही समय दुईपक्ष बिच लडाई भएको समेत देखिन्छ ।
अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, नजिकै रहेको धारामा टाउको ठोकिएको पनि हुनसक्छ, रगत लत्पतिएको थियो । अनुसन्धान भइरहेको छ ।
प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ ।
स्रोतका अनुसार झुण्डिएको अवस्थामा फेला परेका चौधरीको पाईन्टमा विर्य फेला परेकोले बलात्कार भएको हो कि वा प्रयास भएको थियो कि भन्ने एंगलबाट पनि अनुसन्धान भइरहेको छ । उनको मृत शरीर पोस्टमार्टमको लागि अस्पताल लगिएको छ । पोष्टमार्टमका लागि अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको हो वा होइन भन्ने निश्चित गर्नेछ । यहीको रिपोर्ट आएपछि मात्रै अरु तथ्य खुल्नेछ ।
यी डरलाग्दा घटना जसमा कामदारको हात थियो
त्यो हाई प्रोफाईल मर्डर …
फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको २०७५ भदौ ४ गते बबरमहलस्थित निवासमा हत्या भयो । घटनामा उनकै कामदार सानुकान्छा तामाङको संलग्नता खुल्यो । महानगरीय प्रहरी अपराध महाशाखाले सानुकान्छालाई पक्राउ गरी अनुसन्धान गर्यो । तत्काल प्राप्त प्रमाणका आधारमा उनी छुटे । धेरै पछि हाई प्रोफाईल मर्डर यो केशमा उनकी श्रीमतीले किटानी दिएपछि पुनः उनी पक्राउ परे । उनी पुर्पक्षका लागि कारागारमा छन् । काम गरेको पैसा समयमा नपाएपछि आफूले झाको हत्या गरेको बयान उनले प्रहरीसमक्ष दिए ।

त्यसबेला लोकपथमा प्रकाशित समाचार :
पूर्वराजदूत झा हत्या प्रकरणको एक वर्ष, प्रहरीले फेरी पक्रियो सुरक्षागार्डलाई
गत वर्ष भदौ ४ गते सोमबार बिहान काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले उनका सुरक्षागार्ड कान्छाराज तामाङलाई फेरी पक्राउ गरेको छ । सर्वसाधारणलाई समेत त्रसित पार्ने हाइप्रोफाइल मर्डर’ केशमा उनी दोस्रोपटक पक्राउ परेका हुन् । तामाङविरुद्ध झा पत्नीले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले लोकपथसँग बताउनुभयो ।
८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली र अर्का एक जनालाई पक्राउ गरेको थियो । अनुसन्धानमा बलियो सबुत हात पर्न नसकेको बताएको प्रहरीले मृतक झा कि श्रीमतीले दिएको किटानी जाहेरीको आधारमा एक वर्षपछि राजदुत झा का सुरक्षागार्ड ४८ वर्षीय कान्छाराज तामाङलाई पुन पक्रेको हो । एक वर्षसम्मको प्रहरी अनुसन्धान र उहाँको श्रीमतीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौाका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लोकपथलाई बताउनुभयो । उहाँले थप अनुसन्धानको लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको जानकारी दिनुभयो ।
तर, यसअघि उनीहरुविरुद्ध प्रमाण फेला नपरेको भन्दै प्रहरीले छोडेको थियो । यद्यपि, सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा उनले झुठो बोलेको देखिएको थियो । यस घटनामा राजदुत झा ले तलब नबढाइदिएको भन्दै उनको हत्या भएको थियो ।
पार्वती ढकाल हत्या प्रकरण …
बूढानीलकण्ठ निवासी पार्वती ढकालको २०७४ साउन १२ गते हत्या भयो । उक्त घटनामा पूर्वकामदार सुदामा लामिछानेको संलग्नता पाइयो । नुवाकोट घर भई काठमाडौं तारकेश्वर बस्ने सुदामालाई प्रहरीले पक्राउ गर्यो । उनले पैसाको निहुँमा पार्वतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । सुदामासहितको टोली गरगहना चोरी गरेर भागेको थियो ।
हत्या पछि चोरी गरेर फरार …
सेन्ट जेभियर्स स्कुलमा कार्यरत फादर थोमस ई ग्याफ्नेको २०५४ मंसिर २८ गते राति हत्या भयो । प्रहरीले घटनाको १८ वर्षपछि २०७२ वैशाखमा दोलखाका ढालबहादुर खड्कालाई पक्राउ गर्योे । कामको ज्याला नदिएका कारण ललितपुर झम्सिखेलस्थित कोठामा खुकुरी प्रहार गरी ग्याफ्नेको हत्या गरेको अभियुक्तले स्वीकार गरे । उनी दराजमा रहेको २२ हजार रुपैयाँ लिएर भागेका थिए । ‘अधिकांश घटनामा आर्थिक लेनदेन जोडिन्छ ।’
कामदारले घरमालिकको हत्या गर्ने कारण के हो ?
हत्या चोरी अपराध अनुसन्धानमा निकै लामो समय बिताएका अनुसन्धान अधिकारीहरुले मूलत यस्ता हत्या हुने कारणहरुमा यी कुराहरु औँल्याएका छन् ।
पैसा अर्थात् आर्थिक लेनदेन
चिसो सम्बन्ध
श्रमिकको सम्मान नगर्ने
वादविवाद हुँदा आवेगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया