विभत्स हत्यापछिको आत्महत्या प्रकरण : यस्तो छ नालीबेली

रगतमा लत्पतिएको अवस्थामा आफ्नै निवासमा भेटिएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीलाई अस्पतालले मृत घोषित गर्यो । उनकै घरमा काम गर्ने विजय चौधरी झुण्डिएको अवस्थामा फेला परे । यो विभत्स दृश्यले आज सिंगो देशको ध्यान तान्यो । 

सीसीटीभीमा जे देखियो…
सीसीटीभीमा रेकर्ड भएको भिडियो केलाउँछ  प्रहरी, त्यसपछि अनुसन्धान निकाल्छ, हो हत्या तिनै व्यक्तिले गरे जसलाई कार्की दम्पत्तिले ल्याएर आफ्नो घरमा पालेका थिए । उनी अर्थात् घटनास्थलमा झुण्डिएर प्राण त्यागेका विजय चौधरी । चौधरी २२ वर्षका थिए । छिमेकीले प्रहरीसँग कुराकानीका क्रममा भनेका छन्, ”त्यो केटोलाई सानैदेखि यहि घरमा पालेको थियो । ठूलो हुँदै जाँदा काम सघाउने सहयोगीको रुपमा राखिएको थियो ।”

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेकाले उनले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घरको भित्तामा राखिएको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो ।

बिहान १० बजेर ८ बजेको समयमा चौधरी भान्सा कोठामा गएको सीसीटीभी फुटेजमा देखिन्छ । पूर्वसचिव पत्नि कार्की पछाडी फर्किएको बेला ति चौधरीले डोरीले घाँटीमा कसेर भुइँमा लडाउँछन् । भुइँमा लडाएपछि कार्कीमाथि पिर्का प्रहार गर्छन् । कपालमा भुताल्दै भुइँमा बर्जाछन् । अचानक कामदार आइलागेको देखेपछि मुना कार्की रुन चिच्याउन थाल्छिन् । शरीरबाट रगत बाहिरीन थाल्छ । फुटेजमा चौधरीले महिलालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिन्छ ।’ घटनास्थलबाट प्रहरीले मुचुल्का तयार पार्ने क्रममा त्यहाँ देखिएको रगत उनैको हो । सानेपास्थित निवासमा सोमबार यस्तो घटना देख्नुपर्ला भनेर पूर्वसचिव अर्जुन कार्कीले कल्पना सम्प पनि गरेका थिएनन् ।

कहाँ भएको थियो घटना ?
ललितपुर महानगरपालिका–२ स्थित सानेपा । पूर्वसचिव अर्जुन कार्कीको निवास यहिँ छ । साढे दुई तले घर छ,कार्कीको । उनकी छिमेकी हुन् राष्ट्रिय सभा सदस्य कोमल वली । प्रहरी बिट सानेपाबाट नजिकै पर्छ उनको घर । करिब ५०० मिटरभित्र । घरमा एउटा कुकुर छ । चारैतिर पर्खालले घेरेर बलियो गेट छ यो घरमा । घरभित्र छिर्ने गेट नजिकै रहेको पोलमा दुवैतर्फ सीसीक्यामेरा समेत जडान गरिएको छ ।यहि घरको लिभिङ रुम र किचनको बिचमा यो विभत्स घटना भएको थियो ।

कहाँ थिए कार्की ?
पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न मन्दिर गए । अरु बेला खेलकुदमा सक्रिय हुने उनी आज पशुपतिनाथ मन्दिर गएका थिए । उनका दुई छोरी बाहिर देशमा छन् । पढाईको सिलसिलामा। १२ वर्षिय छोरा स्कुल गएका थिए । ति बालकलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिरै थिईन् । घर सफा गर्नका लागि राखिएकी उनी बिहान–बिहान कार्कीको घरमा पुग्थिन् ।

चौधरीको फेरिएको व्यवहार
केहि दिनदेखि चौधरी केहि सोचेजस्तै देखिन्थे । घोत्लिन्थे । तर उनलाई खासै नगरेको परिवार बताउँछ । सहयोगी चौधरीले सधैँ बिहान–बिहान कार्कीलाई मात्र चिया बनाएर दिन्थे । तर, सोमबार बिहान चौधरीले घर सफा गर्ने महिलादेखि कार्कीकी श्रीमती, छोरा र चालकलाई समेत चिया बनाएर खुवाएका थिए ।

पूर्वसचिव कार्कीको आज
पूर्वसचिव कार्की चिया खाइसकेपछि बिहान प्रायः खेलकुदमा व्यस्त रहन्थे । कहिले ब्याडमिन्टन त कहिले गल्फ । तर, हुने हार दैव नटार भनेझैँ आज उनलाई पूजा गर्न मन लागेर चालकसँग गाडी निकाल्न अनुरोध गरे । ड्राइभरलाई लिएर उनी पशुपति मन्दिर गए । दर्शन गरे र फर्के । तर घर आएर निकै बेर गेटमा घण्टी दिए । गेट खुलेन । उनी आफैँ गएर गेट खोले । भित्र जान्छन्, घरमा काम गर्ने केटो झुण्डिरहेको छ । श्रीमतीलाई गुहार्छन् । श्रीमतीलाई पनि मृत्युसँग जुध्दै गरेको देखेर उनी आक्रान्त बन्छन् । चिच्चाउँदै बाहिर आउँछन् उनको यो हालत देखेर छिमेकी आत्तिदै आउँदा यो कुरा थाहा पाउँछन् । प्रहरीलाई खबर पुग्छ । प्रहरी घटनास्थल पुग्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट टेक्निकल टिम घटनास्थल पुगेर सुक्ष्म अनुसन्धान सुरु गर्छन् ।
गाडीमा बिहान ७ बजे घरबाट निस्केका अर्जुन कार्की करिब ८ बजेतिर मन्दिर पुगेका थिए । २ घण्टा लामो लाइन बसेर उनले मन्दिरमा पूजा गरे । पूजाआजा सकेर घर फर्किँदा करिब १० बजेको थियो । उनि घर आइपुगेको समयमा यी घटना भइसकेका हुन्छन् ।

कार्कीकी श्रीमती मुना कार्की रगतले लतपतिएको अवस्थामा फेला परेकी महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । घटनास्थलमा ‘कार्कीको घरमा काम गर्ने चौधरी मृत अवस्थामा फेला परेका थिए ।’ ‘मुनाको टाउकोमा पिर्काले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको जनाएको प्रहरीले सिसिटिभी फूटेज हेरेर घटनाबारे अनुसन्धान गरेपछि चौधरीले नै घटना गराएको पत्तो लगाएको हो ।

घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा मुनाको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै स्टार अस्पताल पठाएको थियो । तर, अस्पतालले पनि कार्कीलाई मृत घोषणा गर्यो ।

कार्कीकी श्रीमतीको हत्या गरेर सहयोगी विजय चौधरीले नाइलनको डोरीले कसेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर हत्यापछि आत्महत्या नै गर्नुपर्ने दुईबीच के रिसिइबी थियो भन्ने खुलिसकेको छैन ।

‘घटनास्थलमा प्लास्टिकको पिर्का पनि टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ । चौधरी झुण्डिएको डोरीसमेत चुँडिएको थियो । उनी मृत नै भेटिएका थिए । घटनाको सुक्ष्म अनुसन्धानको लागि अनुसन्धान अधिकारीहरूले पूर्वसचिव अर्जुनको घरमा रहेको सीसीटीभी क्यामराको फुटेज र घटनास्थलबाट संकलित सबै सामाग्रीको गहिरो अनुसन्धान गरिरहेको छ ।

श्रीमतीको विभत्स मृत्युको वियोगमा रहेका पूर्वसचिव कार्कीले भावविह्वल हुँदै आफ्नो १२ वर्षिय छोरा घरमा भएको भए छोरा पनि मर्ने रहेछ भन्दै मिडियासँग भक्कानिए ।

उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । शुरुमा छिमेकीले कार्कीको हत्या भएको जानकारी दिए पनि घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा कार्कीको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो । तर अस्पतालले मृत घोषित गरिदियो ।

पूर्व सचिव कार्की यसअघि भूकम्पपीडितका लागि खरिद गरिएको भनिएको त्रिपाल र जस्तापाता काण्डमा भ्रष्टाचार गरेको आरोपमा छानबिनमा परेका, , २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले भौतिक कारवाही समेत गरेको, सानेपामा उनीमाथि आक्रमण भएको तथा उनी सवार गाडीमा क्षति पुगेको थियो ।


प्रहरीले अधिकृतले हत्या योजनाबद्ध रुपमा थियो भन्ने अनुमान गरेका छन् ।

घटनास्थलबाट प्रहरीले भाँचिएको अवस्थामा प्लाष्टिकको पिर्कासमेत बरामद गरेको छ।

हत्याको कारण भने खुल्न सकेको छैन। सिसिटिभी फुटेजमा केही समय दुईपक्ष बिच लडाई भएको समेत देखिन्छ ।

अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, नजिकै रहेको धारामा टाउको ठोकिएको पनि हुनसक्छ, रगत लत्पतिएको थियो । अनुसन्धान भइरहेको छ ।

प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?