काठमाडौंका विभिन्न ठाउँमा २ घण्टा विद्दुत आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा २ घण्टा विद्दुत आपूर्ति बन्द हुने भएको छ । महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन दिउँसो १२ बजेदेखि २ बजेसम्म बन्द हुने भएको छ ।

नेपाल वन निगम लिमिटेडले चक्रपथ विस्तारका लागि रुख कटान गर्ने भएकाले विद्दुत सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस फिडरअन्तर्गत् सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रमा बत्ती जाने भएको छ ।

निर्धारित समयअगावै काम सकिए २ बजेभन्दा अगाडि नै बत्ती आउने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?