विराटनगरस्थित विराट मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग चार लाख १५ हजारका दरले अतिरिक्त रकम उठाएको छ ।
काठमाडौं विश्वविद्यालय (केयू) को विस्तारित कार्यक्रमका रूपमा सञ्चालित उक्त मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कभन्दा बढी रकम असुलेको हो । अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीको भर्नालगायत पढाइको प्रक्रिया रोकिएको छ । ‘पहिलो किस्ताको रकम विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजको सम्पर्कमा गएका थियौं,’ बढी रकम तिरेको रसिद उपलब्ध गराउने एक अभिभावकले भने, ‘चार लाख १५ हजार थप शुल्क नबुझाएसम्म कलेज नै छिर्न दिँदैनौं भनियो ।’कान्तिपुर दैनिकमा यो खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया