भीआईपीलाई ठगी मुद्दा लगाउन सीआइबी तयारी अवस्थामा

काठमाडौं । ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार ललिता निवास जग्गा प्रकरणको विषयमा सीआईबीले गरेको अनुसन्धानबारे आइतबार साँझसम्म निर्णय गर्ने तयारी गरिएको छ ।
त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी आरोपमा सजाय माग गर्दै दोषीमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ ।
गृहले केहि दिन देखि अध्ययन गरिरहेको यो विषयलाई आइतबार नै अन्तिम टुंगो लगाउने तयारी गरिएको उच्च स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?