काठमाडौं – वालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईले पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको जानकारी दिईन् ।
राईले एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया