सोसियल मिडियाः प्रशंसकदेखि आलोचकसम्मको चौतारो

काठमाडौं – तपाई पक्कै सामाजिक सञ्जालमा हुनुहुन्छ । सामाजिक सञ्जाल भनेको यस्तो सञ्जाल हो, जसले हामीलाई विश्व समुदायसँग एकाकार गराउँछ । नयाँ कुराबारे जानकारी दिन्छ । विभिन्न विषयमा सूसुचित गराउँछ । जानकार बनाउँछ । सचेत बनाउँछ । तर पछिल्लो समय सामाजिक सञ्जाल मनोरञ्जन र सूचना आदान प्रदानको लागि भन्दा पनि बढि वकालत गर्ने ठाउँ जस्तै बनेको छ । कुनै विषयले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको ध्यान केन्द्रित गरेपछि दुई टिममा पक्ष र विपक्षमा विभाजन भएर वकालत गर्ने गरेको पाइन्छ । सामाजिक सञ्जाल पछिल्लो समय न्यायलय जस्तै बन्दै गएको छ । वकिल पनि सामाजिक सञ्जाल प्रयोगकर्ता । न्यायाधीश पनि सामाजिक सञ्जाल प्रयोगकर्ता नै। सन् २०१० मा सामाजिक सञ्जालको प्रयोग सूचना आदान प्रदान र मनोरञ्जनका लागि मात्रै थियो । तर, सामाजिक सञ्जाल पछिल्लो समय सत्ता परिवर्तनसम्म गर्न सक्ने शक्तिशाली अस्त्र बनेका उदाहरण पनि धेरै छन् । ट्विटरले शुरु गरेको ह्यासट्याग, फेसबुकले बनाएको ग्रुप, फेसबुक पेज युट्युबको भिडियो सुविधासहित अन्य सार्वजनिक प्लेटफर्म, म्यासेन्जरको आगमन र नयाँ–नयाँ प्रयोगले सामाजिक सञ्जाल व्यापक र शक्तिशाली बन्दै गएको हो । यद्यपी हिजोआज सामाजिक सञ्जाल फेसबुकले समाचार र टिप्पणीका लिंकहरु सेयर गर्दा केहि दिन ब्लक गर्ने गर्छ ।

विश्वमा जे घटना हुन्छन्, तत्कालै त्यो सूचना पाउनको लागि सामाजिक सञ्जालभन्दा बलियो माध्यम अरु हुन सक्दैन । किनकी अब सेकेण्डभरमा एउटा सूचना विश्वभर फैलिन सक्छ । र आमसञ्चारका पट्यारलाग्दा विज्ञापन समेटिएको प्राइम बुलेटिन कुर्नुपर्दैन । त्यसैले जबदेखि नेपालमा सामाजिक सञ्जाल प्रयोगमा आयो तबदेखि मानिसहरु ह्वात्तै प्रविधीसँग एकाकार हुन लागे ।

तर नेपाल र नेपालजस्त अन्य विकाशसिल देशहरुमा विकसित देशको तुलनामा यी प्रविधी निकै पछिमात्रै आएको कारण पनि यसको दुरुपयोग बढी भएको बताउँछन्, जानकारहरु । नेपालमा केहि फूर्सदिला जमात छन् जसको काम नै विभिन्न थरीका समाचारमा कमेन्ट गर्ने टिप्पणी गर्ने, गाली गर्ने तथानाम बोल्ने, सेयर गर्ने मात्रै छ । पछिल्लो समय नेपालका नायिकाबिचको दुरी बढ्नुपनि यसैको एउटा कारण हो । त्यतिमात्रै होईन विश्व दुनियाँदेखि नायिका प्रियंकाको पोजसम्मका सवालमा मानिस आफूलाई भुलेर टिप्पणी गर्न उत्रिन्छ ।

चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नीबिच डिभोर्स भयो । त्यतिबेला पनि मानिसहरु दुई कित्तामा बाँडिए । ढकालले गाएका गित खोजीखोजी उनलाई जिस्क्याउँदै दुख लागेको बताए । कसैले सस्तो लोकप्रियताको लागि यसो गरेको त कसैले सहकारीको लोन तिर्न समस्या भएपछिको नाटक भन्दै ढकालसँगको अडियो सार्वजनिक गरे । धेरैले रामकृष्णको सम्पत्ति हत्याउनको लागि श्रीमतीको यस्तो हर्कत सम्म पनि भने । तर उनको श्रीमतीले ढकालको सम्पत्तिमा दाबी गरेकी थिईनन् । पछि घटनामा केहि अपत्यारीला ट्वीस्ट आएपछि सबैजना चुप बसे । केहिले आफूले पहिले लेखेका स्टाटस डिलिट गरे । केहिले अरुलाई गाली गरे ।
यसवर्षको सामाजिक सञ्जाल प्रयोकर्ताहरु मिस नेपालका निर्णायकमण्डल रचना गुरुङ शर्मामाथि उस्तै खनिए ।
सामाजिक सञ्जालमा भएका यी त केवल प्रतिनिधि घटना मात्र हो । हरकुनै विषयमा मानिस म नै सर्वोत्कृष्ट हुँ भन्ने आशयका साथ टिप्पणी गर्न उत्रिन्छ । तर दिर्घकालीन रुपमा हेर्ने हो भने त्यसबाट मानिसलाई नै क्षति हुन्छ ।
निर्मला पन्तको न्यायका विषयमा त सामाजिक सञ्जालमा सरकारको यति धेरै बदनाम गरिएको छ कि लाग्छ सरकारले अपराधीको संरक्षण मात्रै गर्छ, अहिलेसम्म सरकारले कसैलाई न्याय नै दिएको छैन भन्ने भान समेत बनाउँछ । सामाजिक सञ्जालमा हुने गरेको विरोधका कारण सरकारले धेरै ठाउँमा स्पष्टीकरण समेत दिनु परेको छ । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीदेखि सरकारका सबैजसो व्यक्ति र निकाय सामाजिक सञ्जालको निर्मम प्रहारको अचानो बन्दै आइरहेका छन् ।
सामाजिक सञ्जालमा भएको आलोचनाका कारण सरकारले कतिपय गलत गतिविधिहरू सच्याएको उदाहरण पनि देखिन्छ । नभएको होइन तर भाषाशैली, तर्क राम्रो सुस्पष्ट र बलियो हुनुपर्यो । खासगरी जातको विषयमा भाषा, धर्म, लिंग पेशा, धर्म, भूगोलको विषयमा बोल्दा मानिसले निकै ध्यान दिनुपर्छ । तर यहाँ मानिसलाई सकेसम्म बेईज्जत गर्ने हिसाबले यस्ता हर्कत भएको पाईन्छ ।

सामाजिक सञ्जालले अझै भनौं भने सोसियल मिडियाः सम्भावना र शक्ति दुबै बोकेको छ ।

शब्दमा कति शक्ति रहेछ त सामाजिक सञ्जालले पुष्टि गरेको छ । सामाजिक सञ्जाल मनोरञ्जनको खालमात्र हैन, शब्दास्त्रको सञ्जाल पनि हो । सडकमा भएका मानिस सदनमा पुर्याउनुदेखि मन्त्रीमण्डल परिवर्तन गर्नैपर्ने दबाब समेत सामाजिक सञ्जालले दिन्छ ।
सामाजिक सञ्जालमा के लेख्ने के नलेख्ने ?
यसमा तपाईले पनि स्वविवेक प्रयोग गर्नुपर्छ । अर्थात् ह्वाट्स अन योर माईन्ड भनेर तपाईलाई सोधीयो भन्दैमा मनमा जे छ, दिमागमा जे छ त्यो कुरा कहाँ भन्ने हो त ? यो कुराहरुमा ख्याल गर्नुहोस् । फेसबुक विश्वको लोकप्रिय सामाजिक संजाल हो । आज हरेक मानिसहरु एक अर्कामा जोडिन फेसबुक चलाउने गर्छन् । फेसबुकले टाढा रहेका प्रियजनहरुलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । तर पछिल्लो समय यसको दुरुपयोग गर्नेको संख्या बढ्दो छ । पछिल्लो समय फेसबुकमा डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न नै खडा गरेको छ । प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता समेत व्यक्त गर्दै आइरहेका छन् ।

प्रयोगकर्ताले आफ्नो फेसबुक वा अन्य सामाजिक संजाल ह्याक नहोस् भनेर विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । आफ्नो फेसबुक र अन्य सामाजिक संजालको अकाउन्ट सुरक्षित राख्नका लागि तल उल्लेख गरिएका कार्यहरू गर्नुहोस्

रमाइलोका लागि वा जोकका रुपमा वा आफू पूर्णरुपमा जानकार नभएका कुराहरु नलेख्नु राम्रो हुन्छ ।

आफू कहाँ जाँदै छु भन्ने बारे स्टाटस नराख्ने

विना सित्तिमा अरुलाई दोष नलगाउने

केहि कमेन्ट गर्दा सोचेर गर्ने

अरुको रेस्पेक्ट गर्ने ।

 

आफ्नो नितान्त व्यक्तिगत र नीजि कुराहरु फेसबुकमा नराख्ने

गोपनियता ख्याल गर्ने ।

जातको आधारमा कसैलाई अपशब्द नबोल्ने ।

भषा, धर्म पेशा, लिंग उमेर भूगोलको विषयमा पनि मानिसलाई यस्तो उस्तो भन्दै टिप्पणीम उत्रिनुहुँदैन ।

यी कुराहरुमा पनि ध्यान दिनुहोस्

१. आफ्नो पासवर्ड सधैं गोप्य राख्नुहोस्
पासवर्ड राख्दा अधिकांस प्रयोगकर्ताले सजिलैसँग सम्झन सकिने र, अरु व्यक्तिहरूले सजिलैसँग अनुमान लगाउने सक्ने प्रकारका पासवर्डहरू राख्ने गरेको भेटिन्छ । यस्ता सजिलै अनुमान लगाउन सकिने पासवर्डको प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो अनलाइन गोपनियता र संबेदनशील डेटाहरूलाई जोखिममा राखिरहेका हुन्छन । त्यसैले निकै धेरै प्रचलनमा आएको पासवर्डहरू प्रयोग नगर्नु उचित हुन्छ । हरेक प्रयोगकर्ताको पासवर्ड सकेसम्म बेग्लै हुनुपर्छ र साधारण व्यक्तिले सजिलै अनुमान लगाउन नसक्ने प्रकारको हुनु पर्छ ।

२. दुई कारक प्रमाणीकरण सुचारु गर्नुहोस्
-दुई कारक प्रमाणीकरणको प्रयोगले अकाउन्टहरू निकै सुरक्षित हुने गर्दछन् । दुई कारक प्रमाणीकरण सुचारु गरेपछि कुनै पनि नयाँ स्मार्टफोन वा कम्प्युटरमा फेसबुक लग इन गर्ने समयमा तपाईंको फेसबुकमा दर्ता भएको नम्बरमा एउटा कोड पठाउछ । उक्त कोडलाई फेसबुकमा हानेपछि मात्र फेसबुकमा लग इन गर्न सकिनेछ ।

– हालै प्रयोगमा आएको इमेल र मोबाइल नम्बरबाट मात्र फेसबुक प्रयोग गर्नुहोस्

-हालमा प्रयोगमा नआएका इमेल र मोबाइल नम्बरबाट आफ्नो फेसबुक अकाउन्ट चलाउनु हुँदैन । तपाईंको पुरानो नम्बर जारी गरिएको नयाँ व्यक्तिले सजिलैसँग विकल्पको प्रयोग गरेर तपाईंको पासवर्ड रिसेट गर्नसक्छ ।

– सार्वजनिक र अन्य कुनै व्यक्तिको कम्प्युटरबाट सधैं लग आउट गर्नुहोस्

-सार्वजनिक कम्प्युटरहरू, जस्तै साइबरमा, फेसबुक वा कुनै पनि अरु सामाजिक संजाल प्रयोग गरेपछि लग आउट गर्ने बानी बसाल्नुहोस् । यसै गरी कहिले पनि धेरै व्यक्तिले प्रयोग गर्ने कम्प्युटरमा पासवर्ड सेभ नगर्नुहोस् । अरु कसैको कम्प्युटरबाट आफ्नो सामाजिक संजाल प्रयोग गर्न जाँदै हुनुहुन्छ भने खोलेर चलाउनु उचित हुन्छ । इनकगनिटो मोडमा प्रयोग गर्दा तपाईंको इन्टरनेट प्रयोगको इतिहास र पासवर्ड केही पनि ब्राउजरमा सेभ गरिएको हुँदैन ।
फेसबुकमा भएका पाँच महत्वोपूर्ण रोचक तथ्य यस्ता छन्ः

– हामीले फेसबुकमा जे टाइप गछौं त्यो सिधै फेसबुकको सरभरमा स्क्रिनमा देखाउँछ जुन हामीले पोष्ट गरेका हुँदैनौ । हामीले गलत मनसायले कुनै सामग्री टाइप गर् यौं भने त्यो पोष्ट गर्नुभन्दा अगाडि नै फेसबुकले ट्रयाक गरिरहेको हुन्छ ।

-हामीले बैंकमा रकम जम्मा गर्न खोलेको खातामा आफ्नो निधनपश्चात कसलाई अधिकार दिने भनेर मनोनयन गरिए जस्तै आफ्नो निधनपश्चात फेसबुक कसलाई चलाउने दिने हो मनोनयन गर्न सकिन्छ ।

– फेसबुक एकाउण्ट प्रयोगकर्ताको निधन भएपछि त्यस्ता एकाउण्ट मृत एकाण्टको रुपमा रहन्छन्, हाल यस्ता एकाउण्ट १८ करोड भन्दा बढीको संख्यामा रहेको मानिएको छ ।

-फेसबुकले सार्वजनिक गरेको एक जानकारी अनुसार प्रत्येक मिनेट १८ लाखपटक लाइक बटन थिच्ने गरिन्छ ।

-दैनिक नियमित रुपमा लामो समय फेसबुकमा व्यस्त रहनेहरुलाई एक प्रकारको रोग लागिसकेको छ जसलाई वैज्ञानिकहरुले ‘फेसबुक एडिक्सन् डिसअर्डर’ नाम दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?