महाभियोग प्रक्रियाबाट मुक्ति पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए यस्तो प्रतिक्रिया !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएका छन् ।

महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन् ।

ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीहरूमाझ बोलेका उनले त्यहाँ बरिष्ठ डेमोक्र्याटहरूलाई दुष्ट, स्वार्थी र बेकारका मानिसहरू समेत भनेका छन् ।

झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ विजय उत्सव भनेका थिए ।

ट्रम्पले के भने ? 

मैले जीवनमा गलत कामहरू पनि गरेको छु, मैले स्वीकार्नेछु‘ तर यो अन्तिम नतिजा हो, ट्रम्पलाई सफाइ शीर्षक राखिएको एउटा पत्रिका देखाउँदै राष्ट्रपतिले भने।

हामीहरू अन्यायपूर्ण ढङ्गबाट नर्क अनुभूति गर्नुपर्यो। हामीले केही गलत गरेका थिएनौँ।

ह्वाइट हाउसमा उनले भने :  त्यो दुष्टता थियो, त्यो बेइमानी थियो ।

एजेन्सी

यो पनि पढ्नुहोस् : राष्ट्रपति ट्रम्प महाअभियोगबाट मुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?