बोइंग उडाएर गाणतन्त्र दिवसको परेडमा पुगे ब्रुनाईका सुल्तान

काठमाडौं, १३ माघ । भारतको इतिहासमा पहिलो पटक आसियन सवै सदस्य देशका शीर्ष नेता गणतन्त्र दिवसको परेडमा मुख्य अथितिका रुपमा सहभागी भए आसियन दक्षिणपूर्वी दश देशको समूहमा सिंगापुर, थाइलैन्ड, भियतनाम, इन्डोनेशिया, मलेशिया, फिलीपिन्स, म्यान्मार, कम्बोडिया, लाओस र बु्रनाई छन् ब्रुनाईका सुल्तान हसनल बोल्कियाह त आफै बोइंग उडाएर भारत पुगे । यो उनको आफ्नै बोइंग हो । उनलाई दुनियाँको सवैभन्दा धनी सुल्तानका रुपमा चिनिन्छ फोब्र्सले केही समय अगाडि उनको कुल सम्पती २० हजार ३०० करोड रुपैयाँ भन्दा बढी भएको जनाएको थियो ७१ वर्षका हसनल बोल्कियाह आफ्नो शानदार जीवनशैलीका लागि चर्चित छन् उनी यस भन्दा अगाडि दुई पटक भारत आएका छन् । २००८ र २०१२ मा भएको यात्रामा पनि सुल्तानले आफ्नो जेट उडाएर भारत आएका थिए प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा बोल्कियाहको यो पहिलो भारत यात्रा हो । उनले पहिलाजस्तै आफ्नो छवि बनाए । आफ्नो बोइंगमा आए र आफै उडाएर ल्याए सुल्तान बोल्कियाहसँग पाइलटको पुरा टिम छ । तर, उनलाई विमान उडाउने यति धेरै शौक छ कि उनले कसैलाई पनि कपिटमा आउन दिन्न सवैजसो विदेश यात्रामा उनी आफै विमान उडाउँछन् ५० वर्षदेखि बु्रनाईको सत्तामा रहेका सुल्तानसँग केही विमान छन्, जसमा एक एयरबस ३४० पनि छ २०११ मा फोब्र्समा छापिएको रिपोर्ट अनुसार सुल्तान हसनलले त्यसबेला १२३५ करोडमा एक बोइंग खरिद गरेका थिए । यो उनको सवैभन्दा ठूलो विमान थियो त्यसपछि सुल्तानले १३०० करोड खर्चेर त्यस बोइंगमा इन्टिरियर गराए, जसमा सुन र किस्टलले बनेको वासबेसिन पनि थियो गोल्डेन र हरियो रंगको भित्री साज सज्जा वाला यो विमानलाई उडाएर सुल्तान आफ्नी पत्नीका साथ २०१२ मा दिल्ली आएका थिए १०० वर्षसम्म ब्रिटेनको संरक्षणमा रहेको ब्रनाई १९८४ मा स्वतन्त्र राष्ट्र बनेको थियो सुल्तान हसनलको सम्पतीको मुख्य स्रोत उनको देशको तेल र ग्यासको भण्डार हो आफ्नो प्राकृतिक संसाधनका कारण बु्रनाई आत्मनिर्भर राष्ट्र हो र अहिलेसम्म इस्लामी चरमपन्थी हिंसाबाट जोगिएको छ न्यूयोर्क टाइम्सको समाचार अनुसार सुल्तान हसनलसँग दूर्लभ कारहरु छन् र जहाँ सुनले बनेको रोल्स रायस कार पनि छ सुल्तान १७८८ कोठा भएको एक महल इस्ताना नुरुल इमानमा रहन्छन्, जसलाई दुनियाँको सवैभन्दा ठूलो निजी घर मानिन्छ बु्रनई नदीको तटमा बसेको यो महल दुई लाखा स्क्वायर फीटमा फैलिएको छ, जसमा ३८ किसिमका संगमरमर लगाइएको छ । यो महलमा १५०० मानिस रहन सक्छन् महलमा एक हेलीप्याड छ, पाँच स्वीमिङ पुल र २५० भन्दा धेरै बाथरुम छन् । यसको बैंकटहलमा एक पटकमा ५००० मानिसलाई राख्न र खुवाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?