गोदावरी, गोयन्का र अशोक स्टील्स उद्योग कारवाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न ३ स्टील्स उद्योगलाई कारबाही गरेको छ । कारवाहीमा पर्नेमा गोदावरी स्टील्स प्रालि (रोतहट), गोयन्का स्टील्स प्रालि (उदयपुर) तथा असोक स्टील्स ई प्रालि (बारा) रहेका छन् ।

उक्त ३ उद्योगले उत्पादन गर्ने बस्तुहरु नेपाल गुणस्तर अनुरुप नपाइएकाले नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०६७ तथा नियमावली, २०४० को निमय १६ (क) बमोजिम कारवाही गरिएको विभागले जनाएको छ ।

कारवाहीमा परेको गोदावरी स्टील्स प्रालिले शुन्य दशमलव २ प्रतिशत प्रुफ स्ट्रेस को मान ४ सय ६१ दशमलव शुन्य शुन्य एन पर एम एम स्क्वायर पाइएको छ । तर त्यसमा ५ सय दशमलव शुन्य शुन्य एन पर एम स्क्वायर हुनुपर्ने थियो । जून नेपाल गुणस्तर १९१ अनुरुप नरहेकोले कारवाही गरिएको विज्ञप्तीमा उल्लेख रहेको छ । जसको कारण विभागले उल्लेखित साईजमा इजाजतपत्र स्थगन समेत गरेको छ ।

त्यस्तै गोयन्का स्टील्स प्रालिको नमुना संकलन गर्दा बोण्ड टेस्ट नेपाल गुणस्तर १९१ नरहेको विभागले जनाएको छ । साथै विभागले गोयन्काको पनि उल्लेखित साईजमा ईजाजतपत्र स्थगन गरेको जनाएको छ ।

भने अशोक स्टील्स प्रालि पनि मापदण्ड विपरित बस्तु उत्पादन गरेकोले विभागको कारवाहीमा परेको छ । प्रालिबाट उत्पादित बस्तुमा इलङ्गनेशन १२ प्रतिशत हुनुपर्ने थियो । तर ११ दशमलव ६७ प्रतिशत रहेको तथा बोण्ड टेस्ट नेपाल गुणस्तर १९१ अनुरुप नभएको विभागले जनाएको छ । साथै उल्लेखित साईजको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्ने तथा स्पष्टीकरण समेत माग गरिएको विभागको विज्ञप्तीमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?