यौन दुर्व्यवहार प्रकरण : जिम्न्यास्टिक बोर्डका सबैले राजीनामा दिने

वासिंगटन, १३ माघ । अमेरिकी ओलम्पिक कमिटिले ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै कारबाहीको तयारी गरेपछि अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबै सदस्यले राजीनामा दिएका छन् जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुव्र्यवहार गरेको आरोपमा ४० देखि १ सय ७५ वर्षको जेल सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीहरूलाई राजीनामा दिन ‘अल्टिमेटम’ दिएको थियो ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले बोर्ड भंग गरिनुपर्ने र त्यसो नभएमा खेलकुद निकायको मान्यता गुमाउने चेतावनी दिएको थियो यसै साताको सुरुमा पूर्वओलिम्पिक जिम्न्यास्टिक चिकित्सक नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा १ सय ७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो सजाय सुनाउनुअघि १ सय ६० जना जिम्न्यास्टले अदालतसमक्ष बयान दिएका थिए । १८ सदस्यीय अमेरिकी जिम्न्यास्टिक बोर्डका ५ जनाले राजीनामा दिइसकेका छन् नासार सन् १९९६ देखि २०१४ सम्म अमेरिकी जिम्न्यास्टिक संघका चिकित्सक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?