काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै काँग्रेस उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बनमा परेको छ । यस्तै काँग्रेस केन्द्रीय सदस्यको पद पनि निलम्बनमा परेको छ।
बालुवाटार जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको अभियोगमा गच्छदारलाई दोषी ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । काँग्रेस संसदीय दलकोे उपनेता समेत रहेका गच्छदार आफूविरुद्धको मुद्दा अन्तिम नटुंगिएसम्म सांसदको हैसियतमा संसदमा उपस्थित हुने पाउने छैनन् ।
यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन पनि करिब सकिने छ ।
यसो त अख्तियारले मुद्दा दायर गर्ने संकेत पाएपछि गच्छदार बुधबार दौडधुपमा थिए ।
बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेका थिए । गच्छदारलाई मुद्दा लागेपछि कुनै समयको प्रभावशाली समूह ‘केजिबी’ नै अख्तियारको फन्दामा परेको छ । ०४८ पछि खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदारलाई ‘केजिबी’ समूहका रूपमा चिनिन्थ्यो र यो समूह कांग्रेसमा प्रभावशाली मानिन्थ्यो । अख्तियारकै मुद्दामा खुमबहादुर जेल बसे, गोविन्दराजको मुद्दा सर्वोच्चमा छ भने गच्छदारविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
 







                    
                    
                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया