डेढ घण्टा नाका खुला गरी : चीनबाट १४ जनालाई स्वदेश फर्काइयो

उत्तरी नाका किमाथाङ्काबाट चीनको चाँगा बजारमा काम गर्न गएका एक बालकसहित १४ नेपालीलाई १६ दिनपछि स्वदेश फर्काइएको छ । उनीहरुलाई कोरोना भाइरसका कारण चीनले नेपालको सीमानाका किमाथाङ्का र ओलाङचुङ्गगोला बन्द गरिदिएपछि स्वदेश आउन समस्यामा परेको थियो ।

सङ्खुवासभाका १२ जनालाई मंगलबार चाँगाबाट किमाथाङ्का हुँदै स्वदेश फर्काइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट स्थानीय प्रशासन, सीमा प्रहरी चौकी र भोटखोला गाउँपालिकाका जनप्रतिनिधिको पहलमा करिब डेढ घण्टाका लागि नाका खुला गरी स्वदेश फर्काइएको उनले बताए।
भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पा, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका निरीक्षक देवकुमार राई, नेपाल प्रहरी र स्वास्थ्य चौकी किमाथाङ्काको संयुक्त प्रयासमा उहाँहरुलाई स्वदेश फर्काइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?