ललिता निवास जग्गा प्रकरणमा संलग्न भन्दै को को उपर दायर भयो मुद्दा (विवरणसहित)

काठमाडौ । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले सरकारी जग्गा हिनामिनामा संलग्नरहेको आरोपसहित तत्कालिन मन्त्री र कर्मचारीहरुलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको हो ।

अख्तियारले अदालतमा मुद्दा गर्दा गरेकाहरुमा पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी , डम्बर श्रेष्ठ , व्यापारी मीनबहादुर गुरुङ पनि रहेका छन् । यसैगरी पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातसहित अन्य १ सय ६८ रहेका छन् । मुद्दा दायर भएका अधिकांशउपर सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी सम्बन्धित धनीलाई फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको दाबी अख्तियारले गरेको छ । यसैगरी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा नचल्ने भएको छ । मन्त्रीपरिषदको निर्णय अख्तियारको क्षेत्राधिकारभित्र नपर्नेभन्दै उनिहरुविरुद्ध मुद्दा दायर नभएको हो । त्यस्तै नेकपाका महासचिब विष्णु पौडेलको छोराले जग्गा सरकारलाई फिर्ता गर्न राजि भएको भन्दै उनिविरुद्धपनि मुद्दा दायर भएको छैन ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/02/२०७६।१०।२२-ललिता-निवास.pdf” title=”२०७६।१०।२२ ललिता निवास”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?