सेल्फी खिच्दा ५ सय भारु जरिवाना, यसरी बढ्दै छ जोखिम

नयाँ दिल्ली, १३ माघ । भारतको हैदरावादमा गुडिरहेको एउटा रेलअघि एक जना पुरुषले खिचेको ‘सेल्फी’ भिडियो हजारौं मानिसहरूले हेरेका छन् व्यायाम प्रशिक्षक टि सिभाले छेउमै रहेका व्यक्ति र रेलका चालकले दिएको चेतावनी उल्लंघन गर्दै बोराबन्द रेल स्टेशन छेउमा जनवरी २१ मा सो भिडियो खिचेका थिए सो भिडियो खिच्ने क्रममा उनी बाँच्न सफल भएपनि टाउकोमा चोट लागेको छ । उनलाई सो सेल्फी भिडियो प्रकरणमा अदालतसामू उपस्थित गराइएर ५ सय रुपैयाँ जरिवाना गरिएको छ २१ सेकेण्ड लामो उनको भिडियोमा उनको नजिक एमएमटिएस रेल आउँदै गरेको र नजिकैको व्यक्तिले चेतावनी दिइरहेको तथा रेलले हर्न बजाएको सुन्न सकिन्छ तर उनी उभिरहन्छन् र एक मिनेट भन्दै भिडियो खिचिरहन्छन् । सो क्रममा रेलले ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको हो । भारतमा नजिकै आइरहेको रेलको अगाडि उभिएर भिडियो खिच्ने घातक प्रवृत्ति देखा पर्दै आएको छ सन् २०१७ मा कर्नाटकमा सेल्फी खिच्ने प्रयासमा रहेका तीनजना किशोरहरूलाई रेलले किचेको थियो । यस्तै दिल्लीमा रेलमा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु भएको थियो विज्ञहरूले समाजिक सञ्जालको लत लागेका व्यक्तिहरूले जथाभावी लामो सेल्फी खिच्ने गरेको बताउने गरेका छन् । यस्ता घटनाहरुमा अधिकांश पुरुष संलग्न रहने गरेका छन् विश्वमा सेल्फी खिच्ने क्रममा भएका मृत्युका अधिकांश घटना भारतमा हुने गरेका छन् सन् २०१४ को मार्चदेखि सन् २०१६ को सेप्टेम्बरसम्ममा भएका १ सय २७ घटना मध्ये ७६ वटा भारतमा भएका छन् भारतीय रेल वे ऐन १९८९ को धारा १ सय ४७ ले रेलको लिक, रेल वा त्यस आसपास अवरोध पुग्ने गरी तस्विर खिच्नेलाई कारबाहीको व्यवस्था गरेको छ https://youtu.be/j41u_07tDi4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?