गृहसचिव राईको बिदाइमा भावुक बन्यो माहोल, फेरि नयाँ जिम्मेवारी दिइने ?

काठमाडौं । सधैं उत्साहित देखिने गृह मन्त्रालयका सबै कर्मचारी सोमबार एकाएक भावुक र खिन्न देखिए । गृहमन्त्री रामबहादुर थापादेखि सुुरक्षा निकायका सबै प्रमुख तथा गृहका उच्चपदस्थ र सबै कर्मचारी गृहसचिव प्रेमकुमार राईलाई बिदाइ गर्नुपर्दा निजामती प्रशासनले धरोहर गुमाउनुपरेको भन्दै खिन्न बने ।
गृहमन्त्री थापा आफ्नो कुशल सल्लाहकार सारथीलाई गुमाउनुपरेको भन्दै भावुक बने भने अन्य कर्मचारी तथा सुरक्षा प्रमुखहरू आस्थाको धरोहरका रूपमा रहेका कुशल अभिभावकलाई बिदाइ गर्नुपरेको भन्दै खिन्न भए ।
गृहमन्त्री थापाले राई इमानदार, कर्तव्यनिष्ठ र राष्ट्रप्रति समर्पित रोलमोडल प्रशासक भएकाले उनलाई राज्यले नयाँ जिम्मेवारी दिने उद्घोषसमेत गरे ।

निजामती सेवामा ३६ वर्षे अवधि बिताएर सेवानिवृत्त भएका गृह सचिव राईको बिदाइमा सोमबार गृह मन्त्रालयले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले निजामती सेवाको अवधि पूरा भएकाले राईको बिदाइ गरिए पनि उनलाई राष्ट र जनताको सेवाबाट बिदाइ नगरिने स्पष्ट पारे । ‘देश र जनताप्रति सधैं इमानदार भएर काम गर्ने भएकाले उहाँले अझै राष्ट्र र जनताको सेवा गर्ने मौका पाउनुपर्छ,’ गृहमन्त्री थापाले भने, ‘त्यसैले अब उहाँ नयाँ मोर्चामा जाँदै हुनुहुन्छ ।’गृहमन्त्री थापाको संकेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्ततर्फ थियो । गृहमन्त्री थापाले नयाँ मोर्चामा गएर राईले परिणाम दिने गरी कार्य गर्ने र प्रशासनमा रहे जसरी नै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?