काठमाडौँ । सरकारले अख्तियारका सचिव महेश्वर न्यौपानेलाई गृह सचिव बनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गृह सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको हो ।
गृहसचिवमा अन्य केही सचिवहरुले समेत लबिङ गरेको भएपनि सरकारले उनैलाई बनाउने निर्णय गरेको हो ।
यस्तै सरकाले अख्तियारको सचिव भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई बनाउने निर्णय गरेको छ।
हालका गृहसचिव प्रेम कुमार राईले नियमित अवकाश पाएपछि गृहमा सचिव रिक्त रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया