घरको छतबाट खस्दा एक बालिकाको मृत्यु

बागलुङ । बागलुङमा घरको छतबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । बागलुङ नगरपालिका १ रामरेखामा घरको छतबाट खस्दा काठेखोला गाउँपालिका ८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको मृत्यु भएको हो ।

रामरेखामा आफन्तको घरमा भेटघाटका लागि आएको बेला आइतबार एक तला माथिबाट भुँइमा लडेर गम्भीर घाइते भएकी बालिकालाई धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालले आइतबार राती मृत घोषणा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?