‘ए दाई जाने भए अलिक पर सर्नुहोस् हैन भने उत्रिनुहोस्’

काठमाडौं । ‘ए दाई जाने भए अलिक पर सर्नुहोस् हैन भने उत्रिनुहोस् ।’ यो शब्द प्रयोग गर्दै रत्नपार्कबाट कीर्तिपुर जाने बसका एक सहचालकले बसका यात्रुलाई कराउँछन् । ‘ए सुन्नुभएन पछाडी सर्नुस् भनेको सुन्नुभएन।’ यात्रु कोचाकोच गर्दै सहचालक गर्जिछन् । यस्ता शब्द यात्रुहरुले एक दिनमात्र हैन हरेक दिन सुन्नुपर्छ । गाडी चढ्दा मात्र होइन उत्रदा पनि उस्तै सास्ती छ यात्रुलाई । सहचालक उसैगरी गर्जिछन, ‘छिटो र्ओलनुस् ढिला भयो ।’

दिनहुँ यसैगरी यात्रा गर्नुपर्ने दिक्क लाग्छ, उफ् । छेउमा उभिएकी एक अधवैँसे महिला कराइन् । त्यसैलाई हो मा हो मिलाउँदै अर्का एक युवक गर्जिए, त्यहि त भन्या यो दिनहुँ यात्रा गर्ने यात्रुरुकहो गुनासो हो।

दैनिक रुपमा सार्वजनिक यातायात चढ्नुपर्ने, विद्यार्थी र कर्मचारीलाई त सास्ती नै बनेको छ सार्वजनिक सवारी । भनेको समयमा नपाइनु त छदैँ छ, त्यसैमाथि गुन्द्रुक कोचे झैँ कोच्चिनु पर्ने बाध्यता आम यात्रुलाई छ । घन्टौं जाममा पर्नुको पीडा दैनिकी नै बनेको छ सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुको ।

गत पुष २३ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालय र यातायात व्यवसायीबीच यातायातलाई व्यवस्थित गराउन १९ बुँदे प्रतिवद्धता भयो । उक्त प्रतिवद्दतामा यातायात व्यवसायीले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु नचढाउने सम्झौता गरेका थिए ।

त्यतिमात्र नभई यातायात व्यवसायीले तोकिएको भाडादर मात्र लिने, ढोका खुला गरी नचलाउने, आरक्षण सिटको पालना गर्ने, सिट दुरुस्त राख्ने, गाडीको रंङरोगन गर्ने, चालक सहचालकले राम्रो व्यवहार गर्ने, सवारी तीव्र गति तथा लापरवाहीका साथ नचलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, चालकले मोबाइल फोन प्रयोग नगर्ने, सवारीसाधनको नियमित सरसफाइ गर्ने, अरूलाई बाधा पुग्ने गरी ठूलो आवाजमा म्युजिक नबजाउने, सवारीसाधनमा स्टिकर तथा झल्लर नलगाउने, सवारीसाधनको अवस्था ठीक राखी चलाउने, चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने, तोकिएको स्थानमा मात्र यात्रु ओराल्ने तथा चढाउने, प्रयोजन विपरीत सवारी प्रयोग नगर्ने प्रतिबद्धता ट्राफिक प्रहरीसमक्ष गरेका थिए ।

तर त्यो सम्झौता सम्झौतामै सिमित रहेको छ । अहिले पनि यात्रुहरु खचाखच कोचिएर यात्रा गर्न बाध्य छन् । त्यति मात्र नभएर चर्को आवाजमा म्युजिक बजाउने, तिब्र गतिमा सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्ने जस्ता समस्या ज्यूँ को त्यूँ रहेको छ ।

यात्रुहरु भन्छन्– ‘यात्रा नगरी नहुने । मान्छे कोचाकोच हाल्छन् । चटपटाउन अर्थात चल्मलाउन नमिल्ने गरी उभिन्छौ र पनि अलिक पर सर्न भन्छन् । कहिले काहिँ त झगडानै हुन्छ । गुन्द्रुक झैं कोचिएर यात्रा गर्नुपर्छ, त्यसैमा भनेको समयमा गाडी पाइदैने, यात्रु चढाउने बेला जहाँ पनि रोक्ने अनि ओराल्दा भनेको ठाउँमा रोक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?