काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई राजधानीको ठमेलबाट पक्राउ परेको छ ।
पक्राउ पर्नेमा मनाङको नेसाङ अजय भनिने कोर्ते गुरुङ र टासी गुरुङ रहेका छन् ।
उनीहरु काठमाडौको ज्याठामा रहेको होटल संकटा एण्ड अपार्टमेण्टको कोठामा तीन महिनादेखि बस्दै आएको तर होटल सञ्चालकले पैसा माग्दा उल्दै धारिलो हतियार देखाउँदै धम्क्याएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
दुबै जना यस अघि पनि बिभिन्न गुन्डागर्दी कार्यमा संलग्न रहेका बुझिन आएको महाशाखाले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया