वैज्ञानिकले बनाए विश्वकै सबैभन्दा हलुका मिठाई

काठमाडौं । मिठाईको नाम लिँदै हाम्रो मुख रसाएर आउँछ । संसारमा अधिकांश मानिसहरुको मीठो परिकारमा पर्छ मिठाई । त्यसैले विश्वमा बिभिन्न प्रकारका मिठाईहरु बनाइएको छ ।

बेलायतमा अहिलेसम्मकै सबैभन्दा हलुका मिठाई बनाइएको छ । वैज्ञानिकहरुको सहायतामा यो मिठाई बनाइएको हो । मिठाईको तौल जम्मा एक ग्राम रहेको छ ।

विश्वकै सबैभन्दा हलुका मिठाई बेलायतका डिजाइनर स्टुडियो बाम्पास, पारका कलाकारहरु र एरोजेलेक्स लेबोरेटरीका वैज्ञानिकहरुको सहायतामा जर्मनीको ह्वामवर्गमा तयार गरिएको हो ।

यो मिठाई बनाउँन वैज्ञानिकहरुले पहिलो विश्वयुद्धताका प्रयोग भएको सबैभन्दा हलुका ठोस पदार्थलाई खान मिल्ने बनाएर त्यसमा स्वादयुक्त बनाएर एरोजेलबाट निर्माण गरिएको हो ।

एरोजेल संसारकै सबैभन्दा हलुका ठोस पदार्थ मध्येको एक हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?