काठमाडौं। नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्राममार्फत आम्दानी गर्नेविरुद्ध कडा निर्देशन दिएको छ । जसअुनुसार अबदेखि सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापन प्रकाशन तथा प्रसारणबापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानुनी हुनेछ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै युट्युब, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत आम्दानी गर्नेहरूविरुद्ध यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले अवैधानिक रूपमा सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने, गराउने र मोटो रकम आर्जन गर्ने दुवै गैरकानुनी कार्य हुने र त्यस्तो कार्य गरेमा कारबाही गरिने स्पष्ट पारेको छ । राष्ट्र बैंकद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख भएअनुसार अब फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हुने बताएको हो ।राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया