काठमाडौँ। चीनबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलने क्रममा छ ।गोरखापत्रमा खबर छ ।
विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ निम्त्याएको भन्दै आपत्काल घोषणा गरेको छ । नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले भाइरस नियन्त्रण गर्न उच्च सतर्कता अपनाएको छ । ती विद्यार्थी उपचारपछि निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले नेपाल कोरोना भाइरसको जोखिममा नरहेको बताए । उनले सरकारले समयमै सतर्कता अपनाएका कारण जोखिम नरहेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया