सानै उमेरमा कार चलाउँनेहरु धेरै कामुक हुने अध्ययनको निस्कर्ष !

काठमाडौं । एक अध्ययन प्रतिवेदनले कार र सेक्स लाइफबीचको सम्बन्ध धेरै नजिक रहेको पत्ता लगाएको छ । अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुका अनुसार कुनै मानिसले सानै उमेरमा कार किन्यो भने उसको अभिमान बढ्ने गरेको बताएको छ ।

कार उसका लागि स्टेटस सिम्बोल बन्ने र जोडीलाई त्यही कुराले पनि आकर्षित गर्ने कुरा अध्ययनबाट पत्ता लागेको हो ।

अध्ययनका अनुसार, कम उमेरमा कार चलाउँहरूको यौन इच्छा र यौनकर्मको सम्भावना दुवै बढ्ने गरेको पत्ता लागेको छ ।

मेक्सिकोमो कोलिमा विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको यस अध्ययनले कार हुने मानिसमा यौन इच्छा धेरै हुने गरेको पत्ता लागेको हो ।

अध्ययनका प्रमुख डेभिड हर्नान्डेजले किशोर अवस्थामै कार चलाउँदा त्यसले सेक्सुअल इन्हान्सरको काम गर्ने र महिलाहरूले पनि कार भएको पुरुषलाई महत्त्व दिने गरेकोले योन इच्छा धेरै हुने गरेको बताएका हुन् ।

सेक्सुआलिटी रिसर्च एण्ड सोसल पोलिसी नामक जर्नलमा प्रकाशित यस अध्ययनका लागि अनुसन्धानकर्ताहरूले पश्चिमी मेक्सिकोको विश्वविद्यालयका १७ देखि २४ वर्ष उमेरका ८०९ विद्यार्थीसँग यौनजीवनका विषयमा सोधपुछ गरेका थिए ।

त्यसक्रममा विद्यार्थीहरूसँग उनीहरूको यौन व्यवहारका साथै सामाजिक र आर्थिक पक्षका विषयमा प्रश्न सोधिएको थियो । त्यसपछि विद्यार्थीहरूलाई दुई समूहमा बाँडेर अनुसन्धान थालिएको थियो ।

एकथरीसँग कार थियो भने अर्काथरीसँग कार थिएन । अध्ययनमा कम उमेरमा कार किन्ने र चलाउँनेहरुमा यौन इच्छा धेरै रहेको पाइयो । साथै उनीहरूले कम उमेरमै सेक्स गर्ने सम्भावना बढी थियो ।

कार नभएका मानिसभन्दा कार भएकाहरूले दुईगुणा बढी सेक्स गरेको अध्ययनको निष्कर्ष थियो । उनीहरूका सेक्सुअल पार्टनर पनि बढी थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?