टिपरको ठक्करबाट महिलाको मृत्यु : २६ टिपरमा तोडफोड र आगजनी

काठमाडौं । टिपरले ठक्कर दिँदा गोरखामा आज एक महिलाको ज्यान गएको छ । गोरखा नगरपालिका १० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको हो । महिलाको निधनपछि आक्रोसित स्थानियले २६ वटा टिपर तथा स्काभेटरमा आगजनी साथै तोडफोड गरेका छन् ।

प्रहरीका अनुसार गोरखा नगरपालिका स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले तामाङलाई किचेको हो । दुध बेच्न जाने क्रममा शुक्रवार विहान ६ ४५ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ ।

साथै उक्त भिड नियन्त्रण गर्नका लागि क्रसरभित्र ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?