ललितपुर । बिचौलिया काम गरेको अभियोगमा प्रहरीले ललितपुरबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप घर भएका ३१ वर्षीय राजकुमार दुलाल लगायत अन्य ४ जना रहेका छन् ।
ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात कार्यालयमा उनीहरुले विचौलियाको काम गरि सेवाग्राहीलाई दुख दिएको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया