बाँदर र सुँगुरबाट पैदा भयो अनौठो बच्चा…!

काठमाडौं । वैज्ञानिकहरुले प्रत्येक दिन नयाँ नयाँ अनुसन्धान गर्छन् । त्यस्तै चीनमा जनावरको नयाँ ब्रीड निर्माण गर्ने एक्पेरिमेन्टबाट दुई अनौठा जीव पैदा गरिएको छ ।

वैज्ञानिकहरुले सुँगुर र बाँदरको स्पाम मिसाएर एउटा अनौठो जीव पैदा गरेका हुन् । यो जीव यति अनौठो छ कि मानिसहरु नै यो जीव देख्दा अचम्मा पर्छन् ।

तर त्यो अनौठो जीवको जन्मिएको एक हप्तामा मृत्यु भएको छ । चीनका वैज्ञानिकहरुले सुँगुर र बाँदरको स्पाम मिलाएर नयाँ प्रयोग गरेका हुन् । उनीहरुले स्पाम मिलाएर दुई बच्चा पैदा गरेका थिए ।

ति बच्चहरुको अनुहार र मन सुँगुरको जस्तो र छाला भने बाँदरको जस्तो. थियो । यसको प्रयोग बिजिंगको स्टेट सेलको ल्याब र प्रजनन जीव विज्ञानले मिलेर गरेका थिए । वैज्ञानिक तांग हाईका अनुसार यो संसारमै पहिलो प्रयोग थियो ।

तांग हाईले एक हप्ता भित्रमा बच्चाहरु मरेको बताएका छन् । बच्चाहरुको भ्रुणमा बाँदरका कोशिकाहरु थिए । तर यि जीवहरुको मृत्यु के कारणले भयो भन्ने कुरा पत्ता लागेको छैन ।

वैज्ञानिकहरुले गरेको यो काम अनैतिक भएको भन्दै बिभिन्न टिप्पणीहरु भईरहेका छन् ।

एजेन्सीको सहयोगमा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?