कपिलवस्तु । कपिलवस्तु बचत तथा ऋण सहकारीको बचत हिनामिनाको आरोपमा चार जनालाई पुर्पक्षमा पठाइएको छ । सहकारीका प्रबन्धक अविनाश पाण्डे, कर्मचारी श्रवणकुमार तेली, राकेशकुमार ठाकुर र राजेशकुमार कान्दुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । न्यायाधीश कपिलमणि गौतमको इजलासले पुर्पक्षमा राख्न बुधबार आदेश दिएको हो ।
अदालतले चार दिनसम्म बयान लिएको थियो । प्रहरीले उनीहरूविरुद्ध रकम अपचलन गरी ठगेको तथा संगठित अपराधमा मुद्दा दायर गरेको थियो । करिब दुई महिना लामो अनुसन्धानपछि प्रहरीले प्रतिवेदन तयार गरी अदालतमा मुद्दा दायर गरेको थियो ।
उनीहरू मुख्य आरोपी भएको भन्दै प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो । ११ करोड ९९ लाख ५३ हजार ८ सय २६ रुपैयाँ ठगी भएको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले मुद्दामा ५३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।
यो समाचार कान्तिपुर दैनिकमा मनोज पौडेलले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया