काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका (हाल निलम्बित) कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दयार गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय ८ करोड ९८ लाख ५८ हजार अवैध रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । कार्यालय सहयोगी बस्नेतले ३० वर्षे जागिर जीवनमा यति धेरै सम्पत्ति आर्जन गर्न सफल भएका हुन् ।
कार्यालय सहयोगी बस्नेतविरुद्ध दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्तिसमेत जफतको माग गरिएको छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया