सुनको सिक्री लुट्ने पक्राउ

काठमाडौं । साढे १ तोलाको सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जनालाई महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने लम्जुङ सुन्दरबजार नगरपालिका-७ घर भएका २७ वर्षीय मन वहादुर घर्तीर काठमाडौं महानगरपालिका-२६ वालाजु बस्नेमकवानपुर मनहरी गाउँपालिका-३ घर भएका ३१ वर्षीय सुविना राई रहेका छन् ।
काठमाडौं महानगरपालिका-२६ नयाँ वसपार्कस्थित सडकमा हिँडिरहेको अवस्थामा बाग्लुङ वरेङ गाउँपालिका-२ घर भएका एक पुरुषलाई उनीहरुले लछारपछार गरी घाँटीमा लगाएको उक्त सुनको सिक्री लुटेर भाग्दै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?