प्यालेस्टाइनलाई सहायता रकम रोक्ने ट्रम्पको चेतावनी

एजेन्सी । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासमा सहभागी हुन सहमति नजनाएसम्म प्यालेस्टाइनलाई सहयता रकम उपलब्ध नगराउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ट्रम्पले प्यालेस्टिनिहरू वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने कुनै थप काम आफ्नो प्रशासनसँग नहुने जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टाइनलाई उपलब्ध गराउन लागिएको सबै सहायताका बारेमा पुनविचार भइरहेको समेत बताइएको छ प्यालेस्टाइनका पूर्व वार्ताकार साइब अरेकातले ट्रम्पलाई अन्तर्राष्ट्रिय कानूनलाई बेवास्ता गरेको र मध्यपूर्वलाई भाँडभैलोतर्फ उन्मुख गराएको आरोप समेत लगाएका छन् डाभोसमा इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पनि उपस्थित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले पछिल्लो धारणा राखेका हुन् ट्रम्पले भने, “उनीहरूले वार्ता गर्ने सबै भन्दा पेचिलो मुद्दा जेरुसलेम थियो, हामीले जेरुसलेमलाई टेबलबाट हटाइदियौँ, अब त्यसबारे कुरा गरिरहनु परेन, कुनै पनि वार्ता हुँदा लेनदेन हुन्छ कसैले केही पाउँछ केही छाड्छ ।’’उनले थपे, “मलाई थाहा छैन अब फेरि वार्ता हुन्छ कि हुँदैन । तर उनीहरूले यो प्रक्रियालाई सम्मान गर्नैपर्छ र अमेरिकाले उनीहरूलाई निकै धेरै मद्दत गरेको स्वीकार गर्नुपर्छ ।’’अमेरिकी विदेश मन्त्रालयका एकजना अधिकारीले अधिकांश अमेरिकी रकम आर्थिक सहयोगमा केन्द्रित रहेको र थौरै सुरक्षाकर्मीको तालिमका लागि छुट्याइएको बताएका छन् तर उनले अहिलेसम्म के के कटौती गर्ने र कहिलेसम्म कटौती गरिसक्ने भन्नेबारे निर्णय भने नभइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?