अन्तर्राष्ट्रिय भन्सार दिवसः नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, १२ माघ । हरेक वर्ष जनावरी २६ अर्थात आजको दिनलाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रुपमा मनाइँदै आइरहेका छन् । मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने मुख्य स्रोत भन्सार क्षेत्रमा नेपालले भने सोचे अनुसार व्यवस्थित र सुरक्षित बनाउन सकेको छैन विश्व भन्सार संगठनले घोषणा गरे अनुसार आजको दिनलाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रुपमा मनाइँदै आइएको हो । नेपालमा पनि यही दिनलाई आधारमानी भन्सार दिवसका रुपमा मनाउँदै आएको छ नेपालको भन्सार प्रसाशनको सांगठनिक स्वरुप हेर्दा ३१ वटा मूल भन्सार कार्यालयहरु रहेका छन् । त्यस्तै एक सय ४३ वटा छोठी भन्सार कार्यालयहरु रहेका छन् । नेपालको अर्थतन्त्रमा बलियो बनाउन महत्वपूर्ण योगदान दिने ती कार्यलयलाई भने व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन सकेको छैन ती कार्यलयहरु व्यवस्थित र मर्यादित बनाउन नसक्दा राज्यको करोडौं रुपैयाँ त्यसै गुम्दै गएको छ । भन्सारलाई आधुनीकरण गर्न सरकार ल्याएको डिजिटलाइजेशनको अवधारण पनि सबै क्षेत्रमा पुग्न सकेको छैन भन्सार विन्दुहरुमा कानुनमा तोकिए बमोजिम भन्सार महसुलका अतिरिक्त मूल्य अभिवृद्घि कर र अन्तशुल्क समेत संकलन गरिन्छ । राजस्व असुलीको हिसावमा भन्सार कार्यालयहरुको भूमिका रहेको छ देशको कूल राजस्वको ४३ प्रतिशत भन्सार कार्यालयहरुले उठाउने गरेका छन् । त्यस्तै कूल कर राजस्वमा यी कार्यालयहरुको योगदान ५० प्रतिशत रहेको सरकार तथ्याङ्कमा उल्लेख गरिएको छ । तर चालु आर्थिक वर्षको पुष महिनासम्ममा भन्सारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन पुष मसान्तसम्ममा भन्सारबाट १ खर्ब ४९ अर्ब ८३ कारोड उठाउने लक्ष्य राखे पनि १ खर्ब ४३ अर्ब रुपैयाँमात्रै राजस्व असुलि गरेको छ । जुन लक्ष्य भन्दा १० प्रतिशतले कमि हो । सवारी आयातमा कमी हुँदा लक्ष्य पुरा गर्न नसकिएको भन्सार विभागको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?