काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको एकता महाधिवेशन १३ महिनापछि २०७७ चैतमा हुने भएको छ। केन्द्रीय समितिको बैठकको पहिलो दिन बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको संयुक्त प्रतिवेदनमा सो प्रस्ताव गरिएको छ।
प्रस्तावअनुसार २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने छ। पार्टी एकीकरण भएको २१ महिनापछि दोस्रो पटक बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेस गरिएको छ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा २०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश कमिटीको अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन हुने उल्लेख गरिएको छ।
बैठकमा आमन्त्रित स्थायी समिति सदस्यसहित ४ सय ४७ सदस्यको सहभागिता रहेको छ। नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया