आफ्नै साथीको हत्या गरी फरार रहेका आरोपी पक्राउ

काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार रहेका आरोपी पर्सा वीरगंज महानगरपालिका-१६ मुरली पोखरी ठेगाना भएका ३५ वर्षीय मो. फिरोज मिया राईनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०७२ माघ २९ गते ललितपुर, ललितपुर उपमहानगरपालिका-३ धोबिघाटस्थित निर्माणाधिन घर कुर्नका लागि बसेका ३० वर्षीय सुरेश कुमार साह कानुलाई मादक पदार्थ सेवन गरी बिवाद हुँदा राईनले ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या पश्चात फरार रहेका थिए । घटनापश्चात फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पक्राउ गरेको हो ।
राईनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?