डडेल्धुरा सदरमुकाममा मङ्गलबारदेखि लगातर परेको हिउँदे झरीसँगै बढेको चिसोले डडेल्धुराको जनजीवन प्रभावित भएको छ । सदरमुकाम अमरगढीलगायतका क्षेत्र आउने पर्यटक प्रभावित भएका छन् भने झरीपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।
मङ्सिरयता डडेल्धुरामा चार पटक बाक्लो हिमपात भइसकेको छ । यस वर्ष हिमपातले अत्यधिक चिसो बढ्ेपछि उच्च पहाडी क्षेत्रका खर्कबाट नै बेँसीतिर झरिसकेका छन् । मङ्सिरदेखि फागुनको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।
डडेल्धुराको उच्च पहाडी तथा लेकाली भागमा तीन फिटसम्म हिउँ पर्छ । वर्षाका कारण सदरमुकाम खलङ्गामा चिसो बढेकाले पशुचौपायालाई चरनका लागि समस्या भएको स्थानीयवासीले बताएका छन् । मौसम यस्तै रहे रातिसम्म सदरमुकाममा हिमपात हुनसक्ने जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख सुनारले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया