चीनको होहोटका दुई लाख जनालाई गरिबीबाट मुक्ति

चीन, १० माघ – उत्तरी चीनको एक क्षेत्र होहोटमा सन् २०१७ मा करिब २ लाख व्यक्तिलाई गरिबीबाट मुक्त गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ती व्यक्तिलाई गरिबीको रेखाबाट माथि उठाउने काममा चीन सरकारले ठूलो लगानी गरेको पनि समाचारमा जनाइएको छ स्थानीय अधिकारीहरूले जनाएअनुसार सरकारले ती विभिन्न क्षेत्रमा १२.१ अर्ब युनान अर्थात १.९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक कार्यक्रम लागू गरेर उनीहरूलाई गरिबीबाट मुक्त गरेको बताइएको छ ठूलो रकम लगानी गरेको हुनाले गतवर्ष २ लाख व्यक्ति गरीबीको रेखाबाट माथि उठेको यहाँका स्थानीय अधिकारीहरूले जनाएका छन् कैयौँ बर्षदेखि अत्यन्त नाजुक इलाकामा बस्दै अएका करिब ५० हजार व्यक्तिलाई स्थानीय सरकारको सहयोगमा गतवर्ष अन्यत्र सारिएको पनि बताइएको थियो सरकारले सो क्षेत्रमा यस वर्ष अर्थात् सन् २०१८ मा पनि नागरिकको जीवनस्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरी थप २ लाखलाई गरिबीबाट मुक्त गरिने जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?